
फाइल तस्बिर
विदुर । बागमती प्रदेश सरकारले २०८० मा एसईई परीक्षामा उत्कृष्ट १० विद्यालय छनोट गरेको छ । राष्ट्यि परीिक्षा बोर्डले दिएको विवरणका आधारमा प्रदेश सरकारले उक्त विद्यालयहरुलाई उत्कृष्ठ विद्यालयमा रुपमा छनोट गरेको हो ।
प्रदेश सरकारले ०८० को एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने विद्यालयलाई सम्मान गर्ने भन्दै १० वटा विद्यालयको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका १० विद्यालय मध्ये पाँच सामुदायिक विद्यालय र ५ संस्थागत विद्यालय रहेका छन् ।
सामुदायिक विद्यालयहरुमा पहिलो हुनेमा भक्तपुरको मेघा माध्यमिक विद्यालय रहेको छ । भक्तपुरस्थित तेखापुखुमा रहेको उक्त विद्यालयमा ११५ जना विद्यार्थीले एसईई दिएकोमा ३.६६० जिपिए ल्याउन सफल भएको छ । यस्तै दोस्रोमा काठमाडौंको तारकेश्वर नगरपालिमा वडा नं ५ मा रहेको पृथ्वी माध्यमिक विद्यालय रहेको छ । उक्त विद्यालयबाट एसईई दिने ९७ विद्यार्थीहरुमा ३.५२४ जिपिए ल्याउन सफल भएको छ । यस्तै नुवाकोट जिल्लाको पृथ्वी माध्यमिक विद्यालय तेस्रो भएको छ ।
उक्त विद्यालय गत वर्ष दोस्रो भएको थियो । पृथ्वी माविमा यस वर्ष ७६ जना विद्यार्थीहरुले एसईई दिएका थिए । उक्त विद्यालयले ३.५२० जिपिए ल्याउन सफल भएको छ । यस्तै चौथोमा बलम्बु मावि बलम्बु काठमाडौं रहेको छ । उक्त विद्यालयले ३.५०० जिपिए ल्याउन सफल भएको छ । उक्त विद्यालयबाट ७६ जना विद्यार्थीले एसईई दिएका थिए । यस्तै पाँचौमा ज्ञानोदय मावि पुरानो कालीमाटी रहेको छ । उक्त विद्यालयमा ४३२ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । जसमा ३.४६६ जिपिए ल्याउन सफल भएको छ ।
यस्तै संस्थागत विद्यालयमा ह्जि किड्स इन्टरनेशलन स्कुल बालुवाटार प्रथम,रिलाइन्स इन्टरनेशलन एकेडेमी द्धितिय,गोकर्णेश्वर लाइट एकेडेमी त्रितिय,वीनसम अग्रेजी बोडिड. स्कुल चौथो र शंकरी स्कुल छाउँनी पाँचौ स्थानमा पर्न सफल भएको छ । उक्त १० विद्यालयलाई आगमी भदौं २९ गतेभित्र आआफ्नो दावी पेश गर्न भनिएको छ । प्रदेश सरकारले उक्त विद्यालयहरुलाइ राष्ट्यि शिक्षा दिवस २०८१ का अवसरमा सम्मान गर्ने जनाएको छ ।