Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णयहरु

नुवाकोट पुकार २५ भाद्र २०८१, मंगलवार २१:०६

काठमाडौँ, भदौ २५ गते। सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको हो। 

सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णयसँगै जग्गा कित्ताकाट खुलाएको हो। 

त्यसैगरी सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ भने २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्शन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ। 

साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएर आयात गर्न स्वीकृति दिने निर्णयसमेत सरकारले गरेको छ। 

नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एनं लिमिटेडबिच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने निर्णयसमेत सरकारले गरेको छ। 

कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा र गणतन्त्र फिजी न्युजिल्याण्ड, पपुआन्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ गणतन्त्र पलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल, आइल्याण्ड्स र टोंगा अधिराज्यको लागि गैरप्रवासीय राजदुतको पदमा एक अवधि चार वर्षका लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गरेको छ। 

Continue Reading

Previous: बागमती प्रदेशमा सामुदायिक विद्यालय मध्ये भक्तपुरको मेघा माध्यमिक विद्यालय बन्यो प्रथम
Next: आफ्नै सामथ्र्यको दल बनाउने प्रयास (सम्पादकीय)

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार