Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दशैं तिहारमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटको सुविधा

नुवाकोट पुकार २६ भाद्र २०८१, बुधबार ११:१६

काठमाण्डौ – सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले साल्ट ट्रेडिङ  कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने सुविधा दिने निर्णय गरेको हो ।

उद्योगी–व्यवसायीले चाडपर्वमा अभाव सिर्जना गराई चिनीमा मनोमानी मूल्य लिने सम्भावना देखिएपछि भन्सार छुट दिएर आयात गर्ने निर्णय भएको सरकारले जनाएको छ । अब चाडपर्वमा चिनीको अभाव नहुने र महँगो पनि नपर्ने सरकारले दाबी गरेको छ ।

चिनी आयातमा अहिले ३० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ । सरकारले दुवै संस्थालाई १५–१५ हजार टनका दरले चिनी आयात गर्ने कोटा दिएको छ । दशैँ र तिहारका लागि मात्र २५ हजार टन चिनी आवश्यक पर्ने अनुमान सरकारको छ ।

दुवै संस्थाले कोटाअनुसार चिनी आयात गरेमा बजारमा अभाव नहुने सरकारको भनाइ छ । बजारमा अहिले चिनीको भाउ महँगिएको छ । केही हप्ताअघिसम्म किलोको ९० रुपैयाँ रुपैयाँ पाइने चिनीको भाउ अहिले एक सय २० रुपैयाँसम्म पुगेको छ । 

Continue Reading

Previous: यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णयहरु
Next: सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार