
Oplus_131072
चोगते । नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू नुवाकोट जिल्लालाई समृद्ध बनाउने सपनाकासाथ लागिरहेको बताउनु भएको छ । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाको प्रशासकिय भवनको आज शुक्रबार शिलान्यास गर्दै डा. महतले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले आफ्ना दाजु रामशरण महतले सुरु गरेको गरेको विकास निर्माणको अभियानलाई निरन्तरता दिन आफू लागिरहेको बताउनुभयो । डा. महतले भन्नुभयो, रामशरण दाई मन्त्री हूँदा नुवाकोट जिल्लाले विकास निर्माण जुन गति पाएको थियो., तर उहाँ मन्त्री हुन छाडेपछि त्यो रोकियो, अहिले मैले त्यसको निरन्तरता दिने प्रयास गरेको छु ।
उहाँले आफू मन्त्री भएको बेला नुवाकोट जिल्लाको विकास निर्माणको लागि प्रयाप्त बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभयो, डा. महतले भन्नुभयो , मलाई नुवाकोटमा धेरै बजेट विनियोजन गरेको भनेर संसदमा आलोचना भयो, मैले त्यसलाई नुवाकोटको आवश्यकता अनुसार गरेको हौं भनेर प्रष्टिकरण दिए । उहाँले आफू उर्जा मन्त्री हुनुभन्दा अगाडि नुवाकोट जिल्लामा धेरै ठाउँमा बिजुलीबत्ती नभएको र आफू मन्त्री भएपछि जिल्लालाई नै उज्यालो बनाएको पनि स्मरण गराउनुभयो । पूर्वअर्थमन्त्री डा. महतले अरु मन्त्री भएर समेत ल्याउन बजेट नसकेको भन्दै भन्दै आफू मन्त्री नभएपनि बजेट ल्याएर काम गर्ने दावी समेत गर्नुभयो ।

डा. महतले आफूले जिल्लाको महत्वपूर्ण सडक तथा सिँचाईका लागि बजेट विनियोजन गरेको स्मरण गराउनु भएको थियो । आफूले गरेको विकास निर्माणका बारेमा जानकारी गराउन समय खर्चिनु भएका महतले बजेटसँगै त्यसको कार्यान्वयनका लागि पनि आफुले सचेत गराउँदै आएको उल्लेख गर्नुभयो । आफ्ना दाजू डा. रामशरण महतको प्रशंसा गर्न समेत समय खर्चनु भएका उहाँले आफूले दाजूले अघि बढाएको विकास निर्माणलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाउनुभयो ।
डा. महतले आम युवाहरुलाई धैयर्ता राख्न आग्रह गदै धेरै काम गर्न बाँकी रहेको र त्यसलाई कांग्रेसले पूरा गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । डा. महतले आफूले चीन सरकारसँग समेत समझदारी गरेर छहरो टोखा सुरुड.मार्ग निर्माणका लागि बजेट राखेको तर पछि माओवादी नेतृत्वको सरकारले हटाएको आरोप लगाउँदै त्यसलाई निरन्तरता दिन लागि परिरहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका साथीहरुले नभनेपनि आफूलेबुझेर बजेट विनियोजन गरेको भन्दै उहाँले बाँकी काम पनि पूरा गर्ने उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान गठबन्धन बाध्यात्मक अवस्थामा बनेको भन्दै यसले न्युनतम साझा कार्यक्रमकासाथ देशमा स्थिरताका लागि केन्द्रीत भएर काम गर्ने बताउनुभयो । उहाँले कांग्रेसले आफ्नो पार्टीको मान्यता स्थापित भएसम्म गठबन्धन कायम रहने विश्वस व्यक्त गर्नुभयो ।

उहाँले २०८४मा कांग्रेस एमाले एक्ला एक्लै निर्वाचनमा जाने समेत उल्लेख गर्नुभयो । डा. महतले मुख्यमन्त्री नुवाकोटलाई दिलाउन ठुलो कसरत गरेको भन्दै प्रदेश सरकारले पनि विकासका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नुवाकोट जिल्लाको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो । उहाँले आफू नेपाली कांग्रेसबाट मुख्य मन्त्री भएकाले पार्टीका साथीहरुको सुझाव र सल्लाह अनुसार नुवाकोट जिल्लाको विकासका लागि लागिपर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद सिता मिजार, प्रदेशसभा सदस्य रमेश महत, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ,प्रदेश सभापति रामजी पौडेललगायतका व्यक्तित्वहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।