Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवनको गरियो शिलान्यास

नुवाकोट पुकार २८ भाद्र २०८१, शुक्रबार १५:४५

चोगते । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा शुक्रबार गाउँपालिकाको प्रशासयिक भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

गाउँपालिका अध्यक्ष सन्तमान घलेको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रतिनिधिसभा सदस्य सिता मिजार, प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत,प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ,नेपाली कांग्रेसका नेता रामजी पौडेलसहितका व्यक्तित्वहरुको मन्तव्यसहित कार्यक्रमको शिलान्यास गरिएको थियो ।

कार्यक्रममा स्थानीय नागरिकहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । केही समयअघि मात्रै नेपाल सरकार मन्त्री परिषद्को बैठकले गाउँपालिकाको वडा नं ३ स्थित तिनथुम्कीमा सामुदायिक वनका रुपमा रहेको ६ रोपनी जग्गा प्रदान गरेको थियो । सोजग्गा प्राप्तिसँगै गाउँपालिकाले प्रशासकिय भवन निर्माण सुरु गरेको हो । गाउँपालिकाले जग्गा प्राप्ति गरेपनि डिभिजन बन कार्यालय नुवाकोटसँग समन्वय गरेर काटिएको रुखको एक बराबर अन्यत्र १० बिरुवा लगाउनु पर्ने सर्त समेत रहेको छ ।

विगत ७ वर्षदेखि गाउँपालिकालाई जग्गा उपलब्ध नहुँदा पालिकाको प्रशासकिय भवन निर्माण गर्न सकेको थिएन । गाउँपालिका अध्यक्ष सन्तमान घलेले आफ्नो दोस्रो कार्यकालको मध्यवर्ती समयमा भने यो काम पुरा गर्न लाग्नु भएको छ । लामो समयको प्रयासपछि गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को नीति कार्यक्रमबाट १ करोड बजेट विनियोजन गरिसकेको छ । भवनको डिपिआरसहित ठेक्का प्रक्रिया पूरा गरेर भवन निर्माणका लागि सुरु गरेको गाउँपालिका अध्यक्ष घलेले कार्यक्रममा जानकारी दिनुभयो । उहाँँका अनुसार ६ रोपनी जग्गामा निर्माण हुने भवनबाट पालिकाले सबै सेवा प्रदान गर्नेछ । साथै उहाँले निर्माण कम्पनीले तोकिएको सयमा नै भवनको निर्माण पूरा गर्ने प्रतिवद्धता पनि जनाएको उल्लेख गर्नुभयो ।

भवननिर्माण सुरु भएसँगै गाउँबासीमा खुशी छाएको छ । नुवाकोट जिल्लामा अधिकांश पालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरेर सेवा प्रभाव गरिरहेका छन् । संघीयता कार्यान्वयसँगै शिवपुरी गाउँपालिकाले नुवाकोट जिल्लामा नै सबैभन्दा पहिला प्रशासकिय भवन निर्माण गरेको थियो । त्यसपछि अन्य पालिकाले पनि भवन बनाइसकेका छन् ।

Continue Reading

Previous: नुवाकोट जिल्लालाई समृद्ध बनाउन लागिरहेको छु ः डा. महत
Next: प्रतिबन्धित लागु औषध गाँजासहित २ जना पक्राउ

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार