Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बालेनप्रति प्रधानमन्त्री ओलीको टिप्पणी, ‘मनपरी बोल्ने केटो’

नुवाकोट पुकार २९ भाद्र २०८१, शनिबार १९:०८

काठमाडौँ, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भन्नुभएको छ,

आज शनिबार काठमाडौंमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेनको नाम त लिनु भएन तर उहाँलाई संकेत गर्दै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिनुभएको हो ।

ओलीले भन्नुभयो, ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है १ त्यो सँग जनमत छ अरे १ डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौं नि हामीले, बोक्नेले त बोकेकै छ ।’ उनले अगाडी भने( ‘बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भन्दै भ्रम चलाइन्छ। त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ ।’

‘नलढी कोहीँ हुन्न विजेता’ भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए । उनले भने( ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्कोपटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि १ बलियाले हात छाड्दैन् । अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ । लड्नुपर्‍यो नि जित्न । आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ । विरोधीसँग लड्न मोबाइल चुप छ । अनि हामी लड्छौं कसरी ? ’

उहाँले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको ओलीको भनाई थियो ।

Continue Reading

Previous: वर्तमान सरकारले स्थायित्व दिन सक्नुपर्दछ ः नेता केसी
Next: १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार