Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वर्तमान सरकारले स्थायित्व दिन सक्नुपर्दछ ः नेता केसी

नुवाकोट पुकार २९ भाद्र २०८१, शनिबार १८:५५

मदानपुर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले जनतामा देखिएको निराशा चिरेर जान नसके कांग्रेस एमाले दुवै असफल हुने बताउनु भएको छ ।

बेलकोटगढी नगरपालिकास्थित वडा नं. १२ मा रहेको स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका नेता केसीले मुलुकमा स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन निर्माण भएको भन्दै यसले जनताको विश्वास प्राप्त गर्नका लागि देशको अवस्थामा परिर्वतन ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । नेता केसीले भन्नुभयो, हरेक दिन सयौं युवाहरु विदेश पलायन भैरहेकाछन्, गाउँघर वृद्धाश्रम जस्तो हुदैँ गएको छ, लास बोक्ने मान्छे छैन, भ्रष्टाचार बढिरहेको छ, यो अवस्थाको अन्त्य गरेर जनतालाई विश्वासमा लिन सकियो भने मात्रै यो गठबन्धनले स्थिरता दिन सक्छ, होइन भने देश असफलताको बाटोमा जान्छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता केसीले आफूले नुवाकोटको विकासका लागि मन, वचन र कर्मले काम गरिरहेको बताउनुभएको छ

। आफू नुवाकोटमा राजनीति गर्दै गर्दा समग्र जनताको हितका लागि मन, वचन र कर्मकासाथ अघि बढेको बताउनुभयो । उहाँले निर्वाचनका बेलाआआफ्नो पार्टी अनुसार निर्वाचन लडे पनि निर्वाचन जितेपछि भने समग्र जनताको प्रतिनिधि भएर काम गर्न आग्रह गर्नुभयो । नेता केसीले आफूले विगतमा मन्त्री भएका बेला नुवाकोट जिल्लामा रहेका स्वास्थ्य चौकी र विद्यालयका लागि महत्वपूर्ण काम गरेको स्मरण गराउनुभयो, म भन्दा अगाडि बोल्ने पुर्व मेयर, मेयर जीहरुले काम गरेको भन्नुभयो, म के के गरि त भन्दिन कसले के के गर्यो भन्ने कुरा सम्झन सकिएन भने काम गर्ने जाँगर चल्दैन, मलाई त्यस्तो ठुलो लिनुदिनु केही छैन मैले कति काम गरे भन्ने कुरा पुराना साथीहरुलाई थाहा छ, उहाँले भन्नुभयो ।

पूर्व शिक्षा मन्त्री समेत भैसक्नु भएका नेता केसीले आफू शिक्षा मन्त्री भएको बेला नुवाकोट जिल्लामा एकै पटक ६१ वटा विद्यालय स्वीकर गरेर सञ्चालनामा ल्याएको समेत स्मरण गराउनुभयो । नेता केसीले त्रिशुली अस्पताल आफू मन्त्री भएका बेला १५ शष्याबाट ५० शष्या लगेको र बिरामी र कुरुवाहरुलाई समेत खानेपिनको व्यवस्था गराएको भन्दै इतिहासलाई पनि सम्झन आग्रह गर्नुभयो । आफू यसै क्षेत्रको प्रतिनिधि भएको नाताले विश्वास गर्न आग्रह गर्दै नेता केसीले सबै मिलेर मात्रै विकास गर्न सकिने उल्लेख गर्दै नुवाकोटको सम्पुर्ण विकास निर्माणका लागि हातेमालो गरेर अघि बढ्न अन्य दलहरुलाई पनि आग्रह गर्नुभयो ।

अर्को फरक प्रशंगामा उहाँले आफू देशको अव्यवस्थालाई व्यवस्थामा परिणत गर्न सांसद भएको भन्दै भ्रष्टाचार सम्बन्धी हदम्यादकाका विषयमा स्पष्ट धारणा राखेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी, नेकपा एमालेका केन्द्रीय सदस्य केशव पाण्डे, बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा,उपमेयर शिव दाहाल, पूर्व मेयर राजेन्द्ररमण खनालसहितका वक्ताहरुले विकास निर्माणका लागि आआफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

सो अवसरमा स्वास्थ्य संस्था निर्माणका लागि जग्गा दान गर्ने, स्वास्थ्य क्षेमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरु, स्वयंसेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेता केसीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।

Continue Reading

Previous: आउँदो निर्वाचनसम्म माओवादीको मत चार पाँच लाखसम्ममा झर्ने प्रधानमन्त्री ओलीको अनुमान
Next: बालेनप्रति प्रधानमन्त्री ओलीको टिप्पणी, ‘मनपरी बोल्ने केटो’

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार