Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मंसिर ६ गते उपनिर्वाचन गर्न आयोगले दियो सुझाव

नुवाकोट पुकार ३० भाद्र २०८१, आईतवार १७:२७

काठमाडौं। निर्वाचन आयोगले रिक्त स्थानमा आगामी २०८१ साल मंसिर ६ गते उपनिर्वाचन गर्न नेपाल सरकारलाई सुझाव दिएको छ ।

गत २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त भएका पदहरुका लागि उपनिार्वचन गर्ने मितिसहित आयोगले सरकारलाई सुझाव दिएको हो । आयोगका अनुसार हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ स्थान रिक्त रहेका छन् । उक्त स्थानमा २०८१ मंसिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न नेपाल सरकारलाई परामर्श दिइएको आयोगले जारी विज्ञप्तिमा भनेको छ,


नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ भन्ने संवैधानिक व्यवस्था अनुसार आयोग निर्वाचनको तयारीमा जुटेको छ ।

उपनिर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्नेछ भन्ने व्यवस्था भए बमोजिम परामर्श दिइएको हो आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । साथै आयोगले निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा २० को उपदफा (२) बमोजिम उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा संवत् २०८१ मंसिर १६ गते नै उपनिर्वाचन गर्ने गरी परामर्श समेत दिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Continue Reading

Previous: राष्ट्रपतिलाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
Next: प्रभु बैंकद्धारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार