Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रभु बैंकद्धारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

नुवाकोट पुकार ३० भाद्र २०८१, आईतवार २०:११ 1 min read

काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशमा शैषिक हव अस्थापना गरेको छ । आप्mनो सेवा परिस्कृत गर्ने क्रममा गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको बैंकले जनाएको छ ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै प्रभु बैँक लि. गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उललेख गरिएको छ । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।

सिमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले यस प्रभु बैँक लि., गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैँक लि.को सेवालाई थप प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गरेको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको उद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ती शेरचनले गर्नुभएको थियो । प्रभु बैंक लि. ले आप्mनो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्र्तगतका सम्पुर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख श्री राजु रानाले बताएका छन् ।

शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससंग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । वैंंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन ।


त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

Continue Reading

Previous: मंसिर ६ गते उपनिर्वाचन गर्न आयोगले दियो सुझाव
Next: विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय सम्मानित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार