
विदुर । दुप्चेश्वर महादेव मन्दिरमा दर्शनको लागि नुहाउने क्रममा एक ७२ वर्षीय महिलालाई खोलाले बगाएको छ । स्थानीयहरुका अनुसार सुर्यगढी गाउँपालिका हाल नेपालटार बस्ने बर्ष ७२ को हिम कुमारी अधिकारीलाई तादी खोलामा नुहाउने क्रममा खोलाले बगाएको हो।
प्रत्यक्षदर्शी सशीप्रसाद आचार्यका अनुसार उहाँ मन्दिर दर्शन गर्नका लागि नुहाउन खोलामा प्रवेश गर्नुभएको थियो ।उहाँले हेर्दा हेर्दै खोलाले बगाएको र आफूहरु तत्काल उद्धारका लागि गएपनि उहाँलाई समात्न नसकेको जानकारी दिनुभएको छ ।
घटना लगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीको टोली पनि उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खोजीका लागि प्रहरी , शसस्त्र प्रहरी समेत परिचालन गरिएको र नुवाकोट, धादिड. र चितवनसम्म पनि प्रहरी कार्यालयहरुमा खबर गरि खोजतलास भैरहेको प्रहरीको भनाई रहेको छ ।