Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस – एमालेको साझा कार्यक्रम तयार , यस्ता छन् कार्यक्रमका मुख्य लक्ष्यहरु

नुवाकोट पुकार ३ आश्विन २०८१, बिहीबार ०९:१३

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।कार्यदलका सदस्यहरु नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाउनु भएको थियो । कार्यदलले झण्डै डेड महिना लगाएर प्रतिवेदन तयार पारेको थियो ।

सो अवसरमा कार्यदल सदस्य नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत,प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको पनि उपस्थिति रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएपछि कार्यदलका सदस्य एवं नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा आशा जगाउने खालका कार्यक्रम तथा योजनाहरूलाई साझा कार्यक्रममा समेटिएको बताउनुभयो । उहाँले युवालाई रोजगारी सिर्जना गर्ने मुलुकमा सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य हुने गरि कार्यदलले साझा कार्यक्रमा समावेश गरेको पनि जानकारी दिनुभयो ।

महामन्त्री थापाले जनतामा केही भएन भन्ने किसिमको भ्रमपूर्ण प्रचारबाजी सत्य नभएकाले सरकारका सत्ता साझेदार दलहरू त्यसप्रति सचेत रहेको र त्यसै अनुरुप न्यूनतम साझा कार्यक्रम ल्याइएकाले आगामी दिनमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।


काँग्रेस महामन्त्री थापाले भ्रष्टाचारजन्य चर्चित काण्डहरूका बारेमा सरकारले गर्ने छानबिनमा कुनै मुलाहिजा नगरिने पनि बताउनुभयो । एमाले सचिव प्रदिप ज्ञवालीले पनि साझा कार्यक्रममा आम नागरिकलाई राहत हुने खालका कार्यक्रमकासाथ सुशासन कायम गर्न गरि प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । नेपाली कांग्रेस र एमाले बीचको गठबन्धनले आगमी २०८४ सम्म आलोपालो सरकारको नेतृत्व गर्ने र मुलुकलाई स्थायित्व दिने भन्दै साझा कार्यक्रम तयार पारेको हुन ।

साझा कार्यक्रममा संविधान संशोधनको कुरा पनि उठायएको छ । राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरिने कुरालाई जोड दिइएको नेताहरुले बताएका छन् । उक्त प्रतिवेदनसहितको कार्यक्रम शीर्ष तहमा अध्ययनपछि औपचापरिक रुपमा सार्वजनिक गरिने बताइएको छ । स्रोतका अनुसार आज संविधान दिवसका अवसरमा सार्वजनिक गरिने बताइएको छ।

Continue Reading

Previous: कांग्रेसको एक महिने अभियान शुभारम्भ
Next: राजनीतिक स्थिरताका लागि संविधान संशोधन ः प्रधानमन्त्री ओली

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार