
फाइल तस्बिर
काठमाडौँ, असोज ४ गते । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना वाणिज्य बैंकहरुले नौं अर्ब कमाएका छन् । मुलुलकको कमजोर आर्थिक अवस्था, ऋण प्रभावहमा शिथिलताकासाथ पनि बैंकहरुले नौं अर्ब नाफा कमाउन सफल भएका हुन ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा २० वटा वाणिज्य बैंकले कुल नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ नाफा आर्जन गरेका हुन् । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७।६३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले आठ अर्ब ५२ करोड रुपियाँ नाफा आर्जन गरेका थिए ।
नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंकले अग्रता कायम गरेको छ । ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैङ्कलाई पछ्याउँदै नबिल बैङ्क दोस्रो स्थानमा परेको छ ।
नबिल बैंकले साउनमा ८० करोड ३३ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यता सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा माछापुच्छ्रे बैङ्क रहेको छ । माछापुच्छ्रे बैंकको नाफा २० करोड २४ लाख रुपियाँमा सीमित भएको छ ।
यता सरकारी स्वामित्वको कृषि विकास बैंक नाफा कमाउनेमध्ये तेस्रो स्थानमा आइपुगेको छ । कृषि विकास बैंकले ७१ करोड २० लाख रुपियाँ नाफा आर्जन गरेको छ ।
नाफा कमाउनेमा चौथो बनेको हिमालयन बैंकले साउनमा ५८ करोड ८० लाख रुपियाँ नाफा आर्जन गरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ५७ करोड ७५ लाख रुपियाँ नाफा आर्जन गरेर पाँचौँ स्थानमा पुगेको छ ।
प्रभु बैंकले ५३ करोड ८० लाख रुपियाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपियाँ, कुमारी बैंकले ५० करोड ३५ लाख रुपियाँ, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख रुपियाँ, एनएमबी बैंकले ४२ करोड ७२ लाख रुपियाँ र एभरेस्ट बैंकले ४२ करोड २९ लाख रुपियाँ नाफा आर्जन गरेर क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, १० औँ र ११ औँ स्थानमा रहेका छन् ।
यस्तै सानिमा बैंकले ३८ करोड २६ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड छ लाख रुपियाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपियाँ, सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपियाँ, नेपाल एसबिआई बैंकले ३३ करोड ३४ लाख रुपियाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । तुलनात्मक रूपमा कम नाफा आर्जन गर्ने बैंकहरूमा एनआईसी एसिया बैंक, नेपाल बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
चालु आव २०८१र८२ को पहिलो महिना साउनमा एनआईसी एसिया बैंकले २६ करोड ६३ लाख रुपियाँ, नेपाल बैंक्ले २२ करोड ३९ लाख रुपियाँ र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।