
काठमाडौं । रास्वपा र जनता समाजवादीको फरक मतकाबीच संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ। बिहीबार बसेको समितिको बैठकले १६ जनाको नाम अनुमोदन गरेको हो।
श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको पछि निर्णय हुने समितिले जनाएको छ।अनुमोदनको निर्णयमा रास्वपा र जसपा नेपालले भने फरक मत राखेका छन्। रास्वपाका डोलप्रसाद अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्रा.कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रा.धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित डा.नेत्रप्रसाद तिम्सिनाको विषयमा फरक मत राख्नुभएको थियो ।
सिफारिस भएका राजदुतहरुमा उच्च नैतिक चरित्र नदेखिएकाले नियुक्त गर्न नहुने उनको प्रस्ताव थियो।यसैगरी, जसपा नेपालका प्रकाश अधिकारीले पनि फरक मत राखेका छन्। डा.शंकरप्रसाद शर्मा (भारत), प्रा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), प्रा.धनप्रसाद पण्डित (इजरायल) र नेत्रप्रसाद तिम्सिना (मलेसिया)को निर्णयमा उहाँको फरक मत छ।