Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

नुवाकोट पुकार ४ आश्विन २०८१, शुक्रबार ०८:४७

DCIM100GOPROGOPR3063.JPG

पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक मनोज खड्काले बताए ।

संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन् । विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए ।

प्रशिक्षण केन्द्रका संरक्षक तथा शारीरिक सुगठनका पूर्व राष्ट्रिय खेलाडी पदम श्रेष्ठले स्थापनाकालदेखि हालसम्म पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रशिक्षण गराउनुका साथै वर्षेनी प्रतियोगिताको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । उनले विगतका वर्षहरुमा भएका प्रतियोगिताबाट बचत रकम दिनदुखी, असहाय, गरिब, वृद्ध तथा अनाथहरुलाई सहयोग गरेको बताए ।

त्यसैगरी खेलकुदको माध्यमबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नुका साथै आपसी भाइचारा र सद्भावको विकाश गर्न क्लब स्तरीय पुरूष तथा महिला भलिबल प्रतियोगिता–२०८१ आयोजना गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले जानकारी गराए ।

अन्तराष्ट्रिय रेफ्रि टहलसिंह थापा मगरले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।

सहआयोजक एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस र विशेष सहयोगी छन्त्याल ब्रदर्श, नदीपुर रहेको छ ।

अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए ।

प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन अशोक थापाले गरेका थिए ।

Continue Reading

Previous: नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
Next: प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार