Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन

नुवाकोट पुकार ६ आश्विन २०८१, आईतवार ०९:००

काठमाडौं : मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि  काठमाडौंको नयाँ वानेश्वोरमा  मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यसपटक मुगु जिल्लाको प्रर्दशनी सुरु गरिएको  फाउण्डेशनका अध्यक्ष तथा फोटो पत्रकार भारत बन्धु थापाले जानकारी दिए  ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु गरिएको छ ।प्रर्दशनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्वीर, भिडियो प्रर्दशनीले कर्णाली प्रदेशको प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए ।

उपसभापति खड्काले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिकरुपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।

शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने छ । प्रर्दशनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्वीरका साथै कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

प्रर्दशनीमा कविराज कार्की, कुबेरराज कार्की र भरतबन्धु थापाका तस्वीरहरू रहेका छन् ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा कनेक्टिङ कर्णाली सुरु भएको हो । यसअघि सुरुमा  दैलेख र डोल्पाको प्रदर्शन भइसकेको छ ।

Continue Reading

Previous: सिम्रन दुलालले ल्याईन ‘फूलको थुंगा’
Next: अस्मिता र मुकुन्दले ल्याए ,जाऊ हिँड पोखरा,

सम्बन्धित समाचार

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

२१ असार २०८२, शनिबार १८:४२
क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

७ असार २०८२, शनिबार १३:२०
मायाले हेरिदेउ भन्दै आइन् बबिना
1 min read

मायाले हेरिदेउ भन्दै आइन् बबिना

२३ जेष्ठ २०८२, बिहीबार १३:१४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार