
मह उत्पादक किसानहरूको समस्या अध्ययन आज मन्त्रालयमा भएको छलफल । छलफलपछि समसया समाधानको अध्ययन गर्न समिति गठन गरिएको छ । तस्बिर मन्त्री अधिकारीको सचिवालय
काठमाडौं । मह उत्पादक किसानहरूको समस्या अध्ययन गर्न समिति गठन गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज सरोकारवालाहरूको सहभागितामा भएको छलफल पछि मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरेर नौ सदस्यीय समिति गठन गरिएको हो ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरेर सुझाव दिन कार्यदलललाई आग्रह गर्नुभयो ।
मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरेर स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि महकिसानको तत्काल देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको प्रतिवद्धता पनि व्यत्तः गर्नुभएको छ ।
समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताए। महकिसानहरूले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन्।
मह आयात रोके पनि सिरफको रूपमा यसको आयात भइरहेको भन्दै महकिसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्नेलगायतका माग सरकारसमक्ष राखेका छन्।