Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रभु बैंक भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ बाट सम्मानित

नुवाकोट पुकार ७ आश्विन २०८१, सोमबार १८:१६ 1 min read

काठमाडौं । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि. भिजा ईन्टरनेशनल द्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् Excellence in Consumer Debit Card Business / Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तार सँग सम्बन्धित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ ब्यबसायिक कारोवारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यम बाट गरीन्छ । प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती (Current) खाता खोली कारोबार गर्ने÷गरिरहेका खाताधनी (Corporate Personals) हरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरीएको हो ।

भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।


प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।


त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

Continue Reading

Previous: ५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार
Next: मेलम्ची भ्रष्टाचारमा दोषी ठहरिएकाहरुलाई तोकियो आठ वर्षको कैद सजाय

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार