
विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउन सयदिने घरदैलो अभियान सञ्चालन गरेको बताउनु भएको छ । उहाँले अभियानले कांग्रेसलाई एकिकृत पार्टीको रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस क्षेत्र नं २ ले आयोजना गरेको क्षेत्रीय भेला तथा बडा दशैको शुभकामना आदानप्रदान कार्यक्रमलाई बोल्दै उहाँले केही समयअघि कांग्रेसले घर घर जाउँ कांग्रेस जिताउँ भन्ने अभियान सफलता पूर्वक सम्पन्न गरेर कांग्रेसलाई स्थानीय तहमा पहिलो पाटी बनाउन सकिएको दावी गर्नुभयो ।
उहाँले कांग्रेसले बेला बेलामा संगठनलाई बलियो बनाउन लागिरहेको भन्दै कांग्रेसले आम पार्टीका नेता कार्यकर्ता र जनताको चाहाना बुझ्नका लागि सय दिने कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले नुवाकोटका सबै स्थानीय र वडामा पार्टीका नेता कार्यकर्तालाई गाउँ गाउमा जान पनि आग्रह गर्नुभयो । उहाँले कांग्रेस पार्टीको विधान अनुसार चल्ने पार्टी भएकाले त्यसलाई विधान अनुसार जनताकोबीचमा जान लागेको उल्लेख गर्नुभयो । उहाँले हरेक वडामार्फत जनताको घरदेलोमा जान सके कांग्रेस आफै जागरुक हुने बताउनु भयो । उहाँले पार्टीको विधानलाई वडातहसम्म लगेर त्यसको पालना गराउनु पर्नेमा पनि जोड दिनुभयो ।
कांग्रेस केन्द्रीय प्रतिनिधिका रुपमा नुवाकोट आउनु भएका नेता केसीले जनतामा कांग्रेस निर्वाचनमा मात्रै आउँछ भन्ने परेको भन्दै अब जनताको घरदैलोमा पुगेर उनीहरुको कुरा सुन्नुपर्ने मापनि जोड दिनुभयो । एमालेसँग गठबन्धन गर्नुको कारणबारे कार्यकर्तालाई प्रष्ट पार्दै उहाँले भन्नुभयो, २०७२मा हामीले जसरी संविधान बनायौं, त्यो जनताको संविधान जनताले बनाएको हो र त्यसको स्वामित्व जनताले लिने अवस्थामामा अप्ठेरो अवस्थामा आएकाले कांग्रेस एमाले गठबन्ध गर्न बाध्य भएका हौं । कार्यक्रमा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमनत्री बहादुरसिंह लामाले कांग्रेसले परिकल्पना अनुसार नै वर्तमान सरकार अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले कांग्रेसको समाजवाद अनुसार हरेक नागरिकले स्वासथ्य, शिक्षा, रोजगारी सिर्जना गरेर देशलाई विकासमो बोटोमा लाने भएकाले वर्तमान सरकार त्यसको आधारमा नै अघि बढिरहेको बताउनुभयो ।
उहाँले मुख्य कुरा देश विकासका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै तयसका लागि कलकारखाना तथा उद्योगहरु खोल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले नुवाकोट जिल्ला हाइडे पावरको हव भएकाले त्यहि अनुसार विकास गर्नुपर्नेमा पनि जोड दिनभयो । मुख्यी लामाले आफू मन्त्री भएका बेला ७ अरब बजेट ल्याउन सफल भएको तर त्यसको प्रचारप्रसार कांग्रेसबाट नभएको गुनासो पनि गर्नुभयो । मुख्ममन्त्री लामाले भन्नुभयो, म आर्थिक मामिला मन्त्री भएका बेला नुवाकोटमा ७ अवरब जेट ल्याएको थिए तर अझै बजेट आएन भनेर विरो भयो, आफ्नोमा पैसा नपरेपछि विरोध हुने, सबैले मेरो होइन हाम्रो भन्न सक्यौं भने मात्रै विकास गर्न सकिन्छ ।

उहाँले देशको अर्को आम्दानीका रुपमा पर्यटन क्षेत्र भएकाले पर्यटकहरुलाई ल्याउनका लागि राम्रो व्यवस्था हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले बागमती प्रदेशको विकासुका लागि देशमा भएका कुराहरुलाई बिक्री गर्नुपर्ने पनि उल्लेख गर्नुभयो । कांग्रेस कन्द्रीय सदस्य समेत रहनु भएका मुख्यमन्त्री लामाले देशमा भएका वूतुहरु बेचेर नै अन्य देशहरु धनी भएकाले हामीले पनि आफुसँग जे छ त्यो ने बेच्नुपर्नेमा उल्लेख गर्नुभयो ।
उहाँले उद्योगधन्दा सञ्चालनमा समस्या उत्पन्न हुने गरेको भन्दै सरकारले त्यसमा पनि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । क्षेत्रीय सभापति जगत तामाड.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत,पूर्व सभापति धुर्व अधिकारी लगायतका वक्ताक्तहरुले क्षेत्रीय कांग्रेसलाई अगाडि बढाउने विषयमा आआफ्नो धारणा राख्नुभएको थियो । सो सम्मेदनमा कानुनविद् शसीला थिड.ले पनि प्रवचन दिनुभएको थियो ।

लगातारको वर्षातका बीच पनि कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि हिजो कांग्रेसले अभियानको शुभारम्भ गरेको थियो । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले सय दिने अभियान सञ्चालन गर्न लागेको हो । जिल्ला सचिव बैकुण्ठ मिश्रले जिल्ला प्रतिनिधिहरुलाई वडा वडामा खटाएर अभियान गाउँगाउँसम्म पुर्याउने बताउनुभयो ।