
विदुर । केही घण्टा अघि आएको पहिरोका कारण गल्छी त्रशुली सडक पनि बन्द हुन पुगेको छ । तार्केश्वर गाउँपालिका बुधसिं प्रहरी चौकी अगाडी आएको पहिरोले सडक छेउको एउटा पसल घर , प्रहरी चौकीमा क्षती पुगेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठको गाडी र, म्यागङ गापा वडा नम्बर ३ फासाङका सोम बहादुर तामाङले पठाएको गोलभेंडा बोकेको बोलेरो र केही मोटरसाइकल पुरिएको छ ।पहिरो पन्छाउने प्रयास भएपनि सफल भएको छैन ।
उक्त पहिरोमा मनवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै पहिरोका कारण पासाड. ल्हामु मार्ग पनि अवरुछ भएको छ । छहरे टोका सडक खण्ड भने सञ्चालनमा रहेको छ ।