Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

जोखिम न्युनिकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रजिअ तानिए मन्त्रालयमा

नुवाकोट पुकार १४ आश्विन २०८१, सोमबार ०९:३८

काठमाडौँ — गृह मन्त्रालयले विपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानेको छ । मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई भने मन्त्रालय तानिएको छ । दुवै प्रजिअमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन ।

अविरल वर्षा र बाढीपहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । आम सर्वसाधारणले समेत सरकारी कमजोरीका कारण धादिड.मा यस्तो घटना हुन पुगेको गुनासो गर्दै आएका छन् । त्यस्तै काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । गत बिहीबारदेखि शनिबारसम्मको निरन्तर वर्षापछिको बाढीपहिरोबाट काभ्रेका रोशी, तेमाल, पनौती, बेथानचोकलगायत पालिका बढी प्रभावित भएका छन् । जिल्लाका पालिकाबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । विपद्‍ व्यवस्थापनमा स्थानीय प्रशासनले तत्परता नदेखाएको सरोकारवालाको गुनासो रहेको छ ।

Continue Reading

Previous: प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
Next: प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा २० प्रतिशतसम्म छुट पाउने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार