
विदुर । जिल्लाको विदुर नगरपालिका बट्टारमा शुपथ मुल्य पसल सञ्चालन गरिएको छ ।साल्ट् ट्ेडिड. कम्पनी लि.ले सञ्चालन गरेको पसल हावाघरस्थित बाघ बच्छरा किराना स्टोरमा राखिएको छ । उक्त स्टोरबाट सामान किन्दा सात रुपयाँदेखि १४० रुपयाँसम्म छुटको व्यवस्था गरिएको छ ।
सोमबारबाट सञ्चालनमा आएको उक्त शुपथ मुल्य पसलको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले औपचारिक रुपमा शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती ललगायतका महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चाडाबाडमा आम उपभोक्ताहरुलाई सहज होस् भन्ने उदेश्यले सुपथ मुल्य पसल सञ्चालन भएको बताउनुभयो । उहाँले प्रशासनले उपभोक्ताहरु नठगिउन भन्ने उदेश्यले बजार अनुगमन गर्दै आएको जानकारी दिँदै कोही कतै ठगिएका प्रशासनमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सुपथ मुल्य पसलको सदुपयोग गरेर सामान किन्नका लागि आग्रह गर्नुभयो । उहाँले बडा दशैं तथा तिहाकारका अवसरमा उद्योगी व्यवसायीहरुले अन्य सामानमा पछि छुटको व्यवस्था गरिएको जानकारी गराउनु भएको थियो । नुवाकोट उद्योग बाणिज्य संघको सक्रियता सञ्चालित पसलमा खाद्यान्यसँग सम्बन्धित २२ प्रकारका वस्तुहहरु राखिएको छ ।
उक्त पसलमा मासको दालमो प्रति केसी ७ रुपयाँ, चिउरा २० किलोको एक बोरामा १४० रुपयाँ छुट गरिएको छ । यस्तै सुर्यमुखी तेलको बजार मुख्यमा ७ रुपयाँ, चिउरा रातो ५ केजीको बजारमुख्यभन्दा ३५ रुपयाँ छुट गरिएको छ । अधिकांश वुतुमा ७ रुपयाँ छुट गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भाद्र २४ गते नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको थियो।
