Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती प्रदेश सरकारले विपत्मा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने

नुवाकोट पुकार १४ आश्विन २०८१, सोमबार १९:५६

मकवानपुर । बागमती प्रदेश सरकारले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबार बसेको बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् कार्यकारी समितिको बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुको परिवारमा राहतस्वरुप एक लाख रुपैयाँ दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो ।

गत बिहीबारदेखि परेको अविरल वर्षाले निम्त्याएको विपद्ले प्रदेशको १३ वटै जिल्लाहरूमा पुर्‍याएको मानवीय र भौतिक क्षतिलाई केही हदसम्म व्यवस्थापन गर्नका निम्ति बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

जसमा, बागमती प्रदेश अन्तरगतका जिल्ला प्रशासन कार्यालयहरूले सम्बन्धित जिल्लाका स्थानीय तहहरू तथा जिल्लास्थित कार्यालयहरू सँगको समन्वयमा विपद्बाट भएको मानवीय, पशुचौपया तथा कृषिबाली, घरगोठको क्षति, उद्योग व्यवसायहरू सार्वजनिक सम्पत्ति (सडक, पुल, विधुतगृह, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय तथा प्रभावित परिवार लगायतको संरचनाहरूको क्षतिको अद्यावधिक विवरण सङ्कलन गरि प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रमा पठाउन अनुरोध गर्ने भएको छ ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको हालसम्मको तथ्या‌‌‌कं अनुसार विपद्बाट बढी क्षति भएको देखिएका काभ्रेपलाञ्चोक जिल्लालाई साठी लाख, धादिङ जिल्लालाई पचास लाख, ललितपुर जिल्लालाई तीस लाख, काठमाडौँ जिल्लालाई बीस लाख, सिन्धुपाल्चोक जिल्लालाई बीस लाख, र दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, भक्तपुर जिल्लाहरूलाई दशरदश लाखका दरले राहत वितरण गर्ने प्रयोजनका लागि प्रदेश विपद व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा कुल रू। दुई करोड तीस लाख रकम प्रदान गर्ने र जिल्ला प्रशासन कार्यालयहरूबाट थप रकम माग भई आएको सम्बन्धमा तत्काल आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराई कार्यकारी समितिबाट अनुमोदन गर्ने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को ९ख० बमोजिम खोज उद्धार तथा प्रतिकार्य सम्बन्धि कार्य गर्नका लागि कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम बागमती प्रदेशका १३ वटा जिल्ला विपद् व्यवस्थापन कोषमा पाँचरपाँच लाखका दरले प्रदेश विपद व्यवस्थापन कोषबाट कुल ६५ लाख रकम उपलब्ध गराउने भएको छ ।

प्रदेश राजमार्ग अन्तरगत रहेका अवरुद्ध सडक तत्काल सुचारु गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने , सडक सुचारु गर्नका लागि आवश्यक पर्ने बजेटका सम्बन्धमा लागत ईस्टिमेट लगायतका आवश्यक विवरण सहित आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश गर्ने, विपद्बाट क्षति भएका कृषिवाली तथा पशुचौपायाको तथ्याकं सङ्कलन गरि आवश्यक राहतको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिलाउने,बागमती प्रदेश भित्र रहेका विद्यालयहरूको क्षतिको अवस्था सङ्कलन गरि सामाजिक विकास मन्त्रालयले तत्काल मर्मत सम्भार गर्नुपर्ने भए सोको कार्य प्रारम्भ गर्ने, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले खानेपानीको पहुँचबाट प्रभावित परिवारको तथ्याकं सङ्कलन गरि आवश्यकताअनुसार खानेपानी उपलब्ध गराउने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले विपद्का कारण घाइते व्यक्तिहरूको शीघ्र निःशुल्क उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधी तथा उपकरणको व्यवस्थापन गर्ने , विपद्बाट प्रभावित परिवारका लागि खाद्यान्न लगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, वन तथा वातावरण मन्त्रालयले जोखिमयुक्त जलाधार र बस्तीको क्षति सङ्कलन गरि सोको संरक्षणका लागि आवश्यक कार्य गर्ने भएको छ ।

बागमती प्रदेश भित्रका अवरुद्ध संघीय राजमार्ग९ सडक० हरू यथाशीघ्र मिलाइदिन भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत नेपाल सरकारको यातायात मन्त्रालयलाई अनुरोध गर्ने र विपद्का कारण विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने लगायतका निर्णयहरू भएका छन् ।

गत असोज १२ गते आएको बाढि, पहिरोमा परी हालसम्म विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्। अझै १० जना बेपत्ता रहेका छन् । धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौँमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७र७ जनाको मृत्यु भएको छ।

त्यस्तै भक्तपुरमा ५, सिन्धुलीमा २, रामेछापमा १ जनाको मृत्यु भएको छ।रेडियो नेपाल अनलाइनबाट

Continue Reading

Previous: झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
Next: पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार