
काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान ६ बजेको बुलेटिनमा कोशी र वाग्मतीका एक(दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।यसअघि ११ र १२ गते अबिरल रुपामा परेको पानीका कारण ठुलो जनधनको क्षति हुन पुगेको छ ।