Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

नुवाकोट पुकार १६ आश्विन २०८१, बुधबार ०९:०२

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।

पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित ग¥यो । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुप¥यो । विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए ।

महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।

विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।

माछापुच्छे गाउपालिकाका प्रमुख मिनबहादुर गुरुङले रेफ्रीलाई वल हस्तान्तर गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले आगमी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले खेल क्षेत्रमा भएका समस्या र चुनौतीको बारेमा जानकारी गराएका थिए । उनले एक पालिका एक खेलकुद प्रशिक्षण केन्द्रको स्थापना, नियमक निकायले खेलाडीहरुको अभिलेखिकरण र प्रतियोगितामा आउने खेलाडीलाई पोखरामा आवासको व्यवस्थाको आवश्यकता रहेको उल्लेख गरेका थिए ।

केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले सम्पूर्ण सहयोगीदाताहरु प्रति धन्यवाद व्यक्त गर्दै भलिबल खेलको विकासमा निरन्तर लागि रहने जानकारी गराएका थिए ।

केन्द्रका सल्लाहकार जापान गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रको स्थापनाको मुल उद्देश्यमाथि प्रकाश पारेका थिए । भने कार्यक्रम संयोजक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथि तथा कलाकारहरुलाई मायाको चिनोले सम्मान गरिनुका साथै, सहयोगीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने टिकटबाट उठेको रकमबाट मृगौला पीडितलाई नगद २५ हजार सहयोग गरिएको थियो ।

अशोक थापाले सञ्चालन गरेको समापन कार्यक्रम अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।

Continue Reading

Previous: आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Next: बागमती प्रदेशको १४ औँ अधिवेशन अन्त्यका लागी सिफारिस

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार