Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नजिकिदो चाडवाड र सडक सुरक्षा

नुवाकोट पुकार १६ आश्विन २०८१, बुधबार ०९:२६

शुकदेव दाहाल

अकल्पनीय प्राकृतिक विपत्तिको सामना गरेसँगै नेपालीहरुका महत्वपूर्ण चाडवाडहरु नजिकिएका छन् । भोलिबाट बडादशैं सुरु हुँदैछ । भोलि घर घरमा जमरा राखे सँगे बडा दशैं सुरु हुन्छ । दशैंका लागि आआफ्नो घर जाने क्रम सुरु हुन लागेको छ । सरकारी तथ्यांक अनुसार यस वर्ष झण्डै १८ लाख नागरिकले राजधानी काठमाडौं छाड्ने अनुमान गरिएको छ । यस्तै अन्य विभिन्न शहरबाट पनि आआफ्नो जन्मथलो आउने संख्या त्यतिकै हुने गर्दछ । दशैंमा आफ्नो परिवारसँग भेट्ने, दशैं मनाउने, टिका लगाएर आशिर्वाद ग्रहण गर्ने भएकाले अधिकांश मानिसहरु दशैंमा आफ्नो परिवारसँग जम्मा हुन चाहान्छन् । जसले गर्दा सडक यातायात क्षेत्रमा बढि चहल पहल हुने गर्दछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गर्न असोजको पहिलो साता निर्देशन दिएको थियो । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि मन्त्रालयका सरकारी प्रतिनिधि र यातायात व्यवसायीबिच बसेको बैठकले सो निर्देशन गरेको हो । तर सडक मर्मत सम्भावका काम हुँदै गर्दा असोज ११देखि १३ सम्मको अविरल वर्षाका कारण बाढी र पहिरोले ठुलो क्षति हुन पुगेको छ । जल तथा मौसम विज्ञान अनुसन्धान विभागका अनुसार मनसुन सकिन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । यसले सडक सुरक्षामा थप अन्योलता सिर्जना भएको छ । यातायात व्यवसायीले दशैंका लागि यातायातहरु थप गरेर सञ्चालनको तयारी समेत गरिससकेका छन् । यात्रुहरुले अग्रिम टिकट काटेर घरजाने तरखर गरिसकेका छन् ।

वर्षभरिको महत्वपूर्ण र ठुलो चाड भएकाले सबैले सहज रुपमा दशैं मनाउन आआफ्नो स्थानमा जान पाउनु पर्दछ र त्यसका लागि राज्यले सहजिकरण गरिदिनुपर्दछ । सरकारका तर्फबाट आवश्यक सहजिकरण भएको छ । तर प्राकृतिक रुपमा केही असहजता उत्पन्न हुन थालेको छ । यो बेलामा हामी सबैले सचेत हुनुपर्ने अवस्था आएको छ । लामो तथा छोटो दुरीका सवारी साधान सञ्चालन गर्दा पनि सिटभन्दा बढि यात्रु बोक्ने,छतमा समेत चढाउने, प्रतिस्पर्धा गर्ने, गर्दा चाडवाडमा धेरै दुर्घटना हुने गर्दछन् । कमसेकम हामीले ठुलो विपत्ति पार गरेर भर्खरमात्रै आएका छौं ।

यो अवस्थामा चालककदेखि यात्रुहरु, प्रहरी, नागरिक समाज सबैले आआफ्नो तर्फबाट सचेतना अपनाउन आवश्यक छ । सडकको अवस्थालाई ध्यान दिएर सवारी सचाउन सक्यौं भने खतराबाट जोगिन सक्छौं । हामी जति सचेत हुन सक्यौं त्यति दुर्घटनाबाट बच्न सकिन्छ । यसर्र्थ सचेत बनौं र अरुलाई पनि सचेतना प्रदान गरौं । तबमात्रै सबैले सहज र खुशीका साथ दशैं मनाउन सकिन्छ । बडा दशैंको सबैमा शुभकामना

Continue Reading

Previous: बागमती प्रदेशको १४ औँ अधिवेशन अन्त्यका लागी सिफारिस
Next: भोलिबाट नुवाकोटका लागि अग्रिम टिकट बुकिड. खुल्ने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार