
विदुर । नुवाकोट जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको नमस्ते पासाड.ल्हामु यातायात प्रा.लि ले भोलि असोज १७ गते घटस्थापनादेखि अग्रिम टिकट बुकिड. खुलाउने भएको छ । कम्पनीले भोलि बिहानबाट राजधानीस्थित बसपार्कमा रहेको टिकट काउन्टरबाट अग्रिम टिकट बिक्री गर्न लागिएको समितिका अध्यक्ष रामहरि श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कम्पनीले सो अवधीमा रहेका कुनै पनि गाडीले क्यु छाडेर रिर्जब जान नपाउने सूचना पनि जारी गरेको छ ।
यस्तै कम्पनीले असोज २४ गते फूलपातीदेखि २७ गते टिकाको भोलिपल्टसम्मका लागि भने फ्रि क्युको व्यवस्था गरेको छ । कम्पनीले असोज २३ गते कायम भएको क्यु अनुसार नुवाकोटबाट काठमाठौं जाँदा सोही क्यु अनुसार जानुपर्ने भन्दै सूचना जारी गरेको छ । नुवाकोट र रसुवाका लागि पासाड.ल्हामु यातायात कम्पनीले ठुला र साना गरि दुईसय भन्दा बढि गाडी सञ्चालन गर्दै आएको छ । यस्तै नुवाकोट र रसुवामा यातायात सञ्चालन गर्दै आएको टिमुरे यातायात कम्पनी प्रा.लि.ले पनि अग्रिम अग्रिम टिकट खुलाउने तयारी गरेको छ ।