
काठमाडौँ ।हरेक वर्ष जस्तै यस वर्ष पनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना शुभेच्छुकलाई दशैंको टीका लगाइदिने हुनु भएको छ । यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ ।
उक्त दिन बिहान ११ः३६ बजे टीकाको शुभ साइत रहेको छ । अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उहाँको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ । नेपालको संवेधानिक राजाबाट हटेपनि पूर्व राजा स्वदेशमा नै देशबासीसँग बेला बेलामा भेटघाट गर्दै आएका छन् । कतिपयले अझै पनि पूर्व राजालाई राजाका रुपमा नै मान्दै आएका छन् ।
