
बेलकोटगढी । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य बाबुराम तामाङ द्वारा बेलकोटगढी नगरपालिकाका दुई क्लवलाई जर्सी र फुटबल वितरण गरिएको छ ।
समाज कल्याण युवा क्लव र शुभबिहानी युवा क्लवका खेलाडीहरुलाई उक्त सामान उपलव्ध गराएको थियो । सो महासंघको केन्द्रीय बाबुराम तामाङले एक कार्यक्रमका बिच खेलाडीहरुलाई तामाङले ११।११ थान पोशक र २।२ थान फुटवल हस्तान्तरण गर्नुभएको थियो ।
जिल्लामा खेलकुदको विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पोशाक उपलब्ध गराइएको तामाङ्ले बताए । कार्यक्रममा स्वास्थ का लागि खेल राष्ट्र का लागि खेलअनि खेलाडी को लागी यो सुन्दर नितृत मुल नारा का साथ खेलाडि तथा क्लबका पदाधिकारीहरुको सहभागीता रहेको थियो। सो अवसरमा उनले आगमी दिनमा पनि खेलाडीहरुका लागि साथ र सहयोग गरिरहने प्रतिवद्धता जनाएका थिए ।