
काठमाडौँ — हालैको बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात १५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो । बाढी पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।