Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बेल्जियम स्थानीय सरकारमा नेपाली उम्मेदवारको जित

नुवाकोट पुकार २८ आश्विन २०८१, सोमबार ०९:५७

काजाब्लांका क्यासेल्लो (बेल्जियम), असोज २८ गते । बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित हुनुभएको छ । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् ।

दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ । स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित हुनुभएको छ । 

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित हुनुभयो। ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गर्नुभएको छ । उहाँ सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित हुनुभएको छ ।

कास्की नेपालमा जन्मिनुभएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्बाचित २५ बर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्नुभयो । आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उहाँले बताउनुभयो । उहाँका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान सभापति एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व सभापति हुनुहुन्छ ।  

बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो ।

गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा बिजयी बन्नुभएको हो । 

आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू बिजयी बनेपछी भन्नुभयो, “निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु । नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ ।”

अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कडेल जितको नजिक पुगेर पराजित हुनुभयो , गोरखापत्र

Continue Reading

Previous: नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
Next: बडादसैँको सार्वजनिक बिदा सकियो,मान्यजनसँग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार