
सांकेतिक तस्वीर
विदुर । मामाको ससुरालीमा टिका लगाउन आएका एक बालक खोलामा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार असोज २८ गते अपराह्रन्न ३ बजेको समयमा शिवपुरी गाउँपालिका वडा नं ८ सिम्ले स्थित मामाको ससुराली टिका लगाउन आएका काठमाडौं नागर्जुन नगरपालिका वडा नं.८ भिम ढुङगा बस्ने दिनेश तामाङ र अप्सरा तामाङको छोरा अन्दाजी ९ वर्षीय सिशान तामाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन ।
सिम्ले खोलामा अन्य चार, पाँच जना बालकहरुसँगै पौडी खेल्न गएकोमा खोलामा डुबी बेपत्ता भएका थिए । उनको खोजीका लागि तत्काल स्थानीयसहित प्रहरीहरु सक्रिय भएपनि यो समाचार तयारपार्दासम्म भने नभेटिएको बताइएको छ । खोजी कार्य भने जारी रहेको जिप्रका नुवाकोटका सूचना अधिकारी तिलक भारतीले जानकारी दिनुभयो ।