
फाइल तस्बिर
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाउनु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको माओवादी संसदीय दलले जनाएको छ ।
समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ ।