Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पक्राउ हुने भएपछि यस्तो छ, सरकारविरुद्ध रविको आक्रोस

नुवाकोट पुकार २ कार्तिक २०८१, शुक्रबार १९:३३

२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ पुर्जी जारी भएपछि सरकारको चर्को आलोचना गरेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै आफ्नो बचाउ गरेका छन् ।

लामिछानेले नेता कार्यकर्तालाई शिर ठाडो राख्न आग्रह गर्दै भनेका छन्,
प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन। लामिछानेले सरकारप्रति कडा रुपमा टिप्पणी गर्दै भनेका छन्‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहिं हत्कडी ? ’

यस्तो छ रविको स्टाटस

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो ?
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?
तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ?
तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ।
तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बलि चड्नुपर्ने ?
तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने ?
यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिंड्न परेन। तर म कहिले भागेर हिंडिनँ र हिंड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बलि चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईंहरूका दलका नेता रकार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागिपर्नुभएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।
ठिक छ, म तपाईहरूको दिनगन्ती सुरु भएको खुशीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरुले गर्‍यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।
अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

Continue Reading

Previous: सहकारीको रकम अपचलनमा रास्वपाका सभापति लामिछाने पक्राउ, पोखरा लाने तयारी
Next: ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने, नागरिक ‘एप’बाटै देखाउन सकिने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार