
पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को पार्टीको नाम परिवर्तन भएको छ । पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले माघमा पार्टीको प्रथम महाधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले पार्टीको नाम र झण्ड परिवर्तन गरेको हो ।
अधिवेशनले सर्वसम्र्वत रुपमा पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति बनाइएको छ । यस्तै अधिवेशनले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता कृष्ण पौडलले जानकारी दिनुभयो । “विधान अधिवेशनले सर्वसम्मत रूपमा पार्टीको नाम र झण्डा परिवर्तनसहित महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ,” प्रवक्ता पौडेलले भन्नुभयो,झन्डा र चुनाव चिन्ह दुवै आँखा राखिएको छ।
नेसपाको महाधिवेशनमा सबै तहमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदानबाट नेतृत्व चुन्ने भएका छन्।अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय हुने तय गरेको छ।११ सदस्यीय पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष हुने छन्।पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने व्यवस्था भएको छ।
नेसपाका सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था गरिएको छ। मङ्गलबारै विधान अधिवेशनको आयव्यय पनि सार्वजनिक भएको छ।आय सात लाख ५० हजार र व्यय नौ लाख ७७ हजार भएको जनाइएको छ।अधिवेशनमा ७१ जिल्ला र विदेशका छ देशबाट पाँच सय प्रतिनिधि सहभागी थिए।