Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

,महिलाहरु आवद्ध सहकारीको विकास र संरक्षणमा नगरपालिका प्रतिवद्ध,

नुवाकोट पुकार ७ कार्तिक २०८१, बुधबार ०८:००


दुईपिपल । दुईपिपल महिला सानाकिसान सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्तिक ३ गते बेलकोटगढी वडा नं ५ दुईपिलस्थित सहकारीको कार्यालयमा सम्पन्न भएको वार्षिक साधारणसभाले सहकारीलाई अझ बलियो, पारदर्शी र जनहितका पक्षमा अघि बढाउने प्रतिवद्धता समेत जनाएको छ । सो अवसरमा प्रमुख अतिथि उपमेयर दाहालले महिलाहरु आवद्ध साना किसान सहकारीमार्फत गाउँको विकासमा महत्वपूर्ण योगदान पुग्दै आएको भन्दै यस्ता सहकारीहरुको संरक्षणका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रविद्धता जनाउनु भएको थियो ।

उहाँले सहकारीका रकम उत्पादनशिल कार्यमा लगाउन पनि आग्रह गर्नुभयो । पछिल्लो समय राजधानीमा रहेका ठूला सहकारीहरु अस्तव्यस्त भैरहेका बेला गाएँ गाउँमा रहेका सहकारीले भने राम्रो काम गर्दै आइरहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष पवित्रा घिमिरे नेपालको सभापतित्वमा भएको कार्यक्रममा बेलकोटगढी–६ का वडा अध्यक्ष अम्बिकातामाङ,कार्यपालिका सदस्य अनुराधा श्रेष्ठ ,नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.का संचालक अप्सरा अधिकारी,साना किसान बिकास लघुबित्त बित्तीय संस्था लि.का वरिष्ठ साहायक सुर्य अधिकारी ,झिल्केश्वरी कृषि सहकारी संस्था लि.का अध्यक्ष गोकर्ण नेपाल ,सानाकिसान कृषि सहकारी संस्था लि.का मुख्य प्रबन्धक ज्ञान प्रसाद खतिवडा, कामरु मा.बि का प्रधानाध्यापक सावित्री अर्याल लगायतले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सो अवसरमा संस्थाले उत्कृष्ट बालबचत,उत्कृष्ट ब्यक्तिगत बचत,उत्कृष्ट समूह,साथै आफ्नो कार्यक्षेत्र भित्र एसईई परिक्षामा ए+ल्याउने विद्यार्थीहरुलाई (नगदसहित प्रमाणपत्र )साथै उत्कृष्ट नतिजा ल्याउने बिधालयलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट भैसिपालन, कुखुरापालन, दुधडेरि संचालन तरकारी खेती तथा पशुपालन गर्ने व्यावसायिक कृषक सदस्य ज्युहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा पन्चासे मा. बि का विद्यार्थीहरुले सहकारी सम्बन्धि तयार नृत्यगान पनि प्रस्तुत गरेका थिए । ५६३ जना सेयर सदस्य रहेको सहकारीमार्फत महिलाहरुलाई आर्थिक विकासमा समट्ै लगेको सहकारीका प्रवन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो । सहकारीमार्फत बेलकोटगढी ५, ४,६ का किसानहरुले सहुलियत दरमा ऋण पाउनुकासाथै मल बिउँ बिजन समेत सहुलियत मुल्यमा प्राप्त गर्दै आएका छन् ।

Continue Reading

Previous: मिनबहादुर गुरुङ र एमालेको पार्टी कार्यालय
Next: यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार