Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मिनबहादुर गुरुङ र एमालेको पार्टी कार्यालय

नुवाकोट पुकार ७ कार्तिक २०८१, बुधबार ०७:५१

शुकदेव दाहाल

प्रमुख सत्तारुण दल नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय झण्डै एक अर्ब रुपयाँको लगानमिा निर्माण गर्ने भएको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा नयाँ भवन बन्न लागेको हो । जग्गासँगै कार्यालय भवन निर्माणको जिम्मेवारी पनि उनै व्यवसायी गुरुङले लिनुभएको छ । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर अर्कोबर्ष घटस्थापनाका दिन हस्तान्तरण गुरुङको योजना रहेको छ । तर यो विषयले राजनीतिक तहमा मात्रै होइन सिंगो नेपाली समाजलाई तरंगित बनाइदिएको छ ।

नेपालको व्यापारिक क्षेत्रमा गुरुङको महत्वपूर्ण योगदान रहेको छ । यस्तै सामाजिक क्षेत्रमा पनि गुरुङले धेरै सहयोग गर्नुभएको छ । राजधानीको शिक्षण अस्पतालको इमरजेन्सी भवन गुरुङले आफ्नो मातापिताको स्मृतिमा निर्माण गर्नुभएको थियो । जुन कुरा नेपाली जनताले सँधै सम्झिरहने छन् । यस्ता धेरै सहयोगी काम गुरुङबाट भएको छ । यस्तै डा. भग्वान कोइरालाले निर्माण गर्न लाग्नु भएको अस्पतालका लागि पनि गुरुङले २५ करोड सहयोग गर्नुभएको छ । उहाँको यो योगदान साच्चिकै लोभलाग्दो नै छ । त्यतिमात्रै होइन गुरुङलले सञ्चालन गरेको भाटभटेनी सुपर मार्केटमार्फत लाखौं उपभोक्ताले गुणस्तरीय समान प्राप्त गरिरहेका छन् । सयौं युवा युवतीले रोजगारी प्राप्त गरेको छन् । देशको अर्थतन्त्रमा सकारात्मक भूमिका गुरुङको छ । नककली भ्याट बिल छलि प्रकरणमा अन्य ठुला भनिएका उद्योगपतिहरुको नाम मुछिदै गर्दा गुरुङले भने राज्यलाई इमान्दारसँग कर तिरिरहेका छन् । भन्ने कुरालाई कसैले पनि लुकाउन सक्दैन ।

नेपालको राजनीतिक तथा आर्थिक अवस्थाका कारण धेरै ठुला भनिएका व्यापारीहरु देश छाडेर विदेश पलायन भएको अवस्था छ । तर मिनबहादुर एउटा यस्ता व्यापारी हुन जसले स्वदेशमा नै बसेर देशका लागि योगदान गरिरहेका छन् । व्यापार गर्ने मानिसले नाफा कमाउन खोज्नु पक्कै पनि पाप होइन, मिन बहादुरले व्यापार गरेका छन् । व्यापारमा कतै भित्री बाटोबाट नाफा खोजेका थिए होलान् वा गर्लान त्यो राज्यको संयन्त्रले निगरानी गर्ने र कारबाही गर्ने हो । तर राज्यका केही निकाय आफै उनीमार्फत नाफा खोजिरहेका छन् जसका कारण मिनबहादुर कतिपय घटना आफुले नचाहाँदा पनि अरुको फाइदाका लागि पनि गरेका हुनसक्छन् । यसको अर्थ उनी गाइको दुघले नुहाएको भन्न खोजिएको भने पक्कै होइन । उनका पनि गल्ती कमीकमजोरी होलान् ।

राजनीतिक दवाव होला ,हाम्रो जस्तो मुलुक जहाँ हरेक ६, ६ महिनामा सरकार परिवर्तन हुँदै आएको छ । सरकार पिच्छे व्यवसायीले चन्दा बुझाउनदेखि आफ्नो व्यवसायिक सफलताका लागि पनि खुशी पार्नुपर्ने हुन्छ । यस्तो अवस्थाकाबीच गुरुङले जुन हिसावले देशको अर्थतन्त्रलाई सकारात्मक रुपमा सहयोग गरेका छन् यो हाम्रा लागि धेरै ठूलो कुरा हो । यहाँ उल्लेख गर्न खोजिएको कुरा के हो भने एमाले पार्टीलाई सहयोग गरेको कुरा जुन छ त्यसमा भने पंक्तिकारको पनि असहमति रहेको छ ।
विगत केही समय गुरुङ गुरुङको क्रियाकलाप विवादित थियो भन्ने देखिएको छ । जुन राज्यसँग प्रत्यक्ष जोडिएको विषय थियो । राज्यलाई ठगि गरेको विवादित छवि भएको नाताले उहाँले यतिखेर एमालेलाई सहयोग गर्नुले फरक ढंगले व्याख्या गर्न खोजिएको छ । जुन अस्वभाविक छैन । किनभने यहाँ राजनीति नेतृत्वलाई रिझाएर धेरै धेरै फाइदा लिएका छन् । एमालेको सांसद भएर इच्छाराम तामाड.को ठगी धन्दा होस् वा सहकारीमा भएको अन्य ठगी धन्दा यि सबै कुरामा राजनीति र नेता जोडिएका छन् ।

गुरुङले पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएको व्यक्ति हुनुहुन्छ । यो बाहेक उहाँको छविमा अन्य विषय प्रवेश गरेको देखिएको छैन । यसकारण नै गुरुङ विवादित हुनुहुन्छ । त्यस्ता व्यक्तिबाट सत्तारुढ दलले आफ्नो पार्टी कार्यालय निर्माणका लागि दान स्वरुप सहयोग लिने कुरा भने निश्चयनै जायज हुँदैन । दान दिनु पाप होइन, धर्मशास्त्रमा १० प्रतिशत कमाइ दान गर्ने मान्छे धेरै महान हुन्छ भनिउको छ । गुरुङ ले जुन काम गरिरहेका छन् । आफूले कमाएको झण्डै एक अर्ब दान दिनु भनेको धेरै ठुलो कुरा हो । उहाँले जसरी कमाएको भएपनि पक्कै धनदेखेपछि महादेवको पनि तीन नेत्र हुनुपर्ने थियो तर उहाँ मनकारी व्यक्तिका रुपमा गनिुनु भएको छ । यसरी अरबौं सहयोग अरु कसैले गरेको इतिहासमा भेटिएको छैन । तर त्यहि सहयोग कुनै अस्पताल निर्माणका लागि गरेको भए उहाँलाई नेपाली जनताको भग्वानका रुपमा सम्मान गर्ने थिए । तर पार्टीलाई गरेका कारण उहाँ आँखाको तारो बन्नुभएको मात्रै हो ।

गुरुङको व्यसायिक सफलता र अन्य क्षेत्रमा गरेको सहयोगको लागि सिंगो देशले सम्मान गर्नै पर्दछ । मुल कुरा एमाले जस्तो जनवादी पार्टीले एक विवादित छवि भएका व्यक्तिबाट यति धेरै सहयोग लिनु लगत हो । संसदको ठुलो दल जसको सात दशकको इतिहास छ, जसले देशमा लोकतन्त्रका लागि लडेको छ, उसले यो ढंगको सहयोग गरि लिनु ठुलो गल्ती हो । एमालेलाई सहयोग गरेका कारण गुरुङ अब धेरैको आँखाको तारो बन्ने देखिएको छ । अब एमालेले गुरुङको व्यवसायिक सुरक्षाले जिम्मा लिनुपर्दछ । उनीजस्ता व्यापारीलाई विवादमा ल्याएर एमालेले राम्रो काम भने पक्कै गरेको छैन । अझै ढिला भएको छैन । यो निर्णय फिर्ता लिनु मिनवहादुर र एमाले दुवैका लागि हित हुनेछ ।

Continue Reading

Previous: रास्पवा ः न्यायिक प्रक्रियामा अवरोध नगरौं (सम्पादकीय)
Next: ,महिलाहरु आवद्ध सहकारीको विकास र संरक्षणमा नगरपालिका प्रतिवद्ध,

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार