
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र २०८४मा एक्लै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । उहाँले अब कांग्रेस एमालेसँग सत्ताका लागि समिकरण पनि नगर्ने उद्घोष गर्नुभयो ।
नेकपा माओवादी केन्द्रले आज शनिबार राजधानीमा आयोजना गरेको खबरदारीसभामा बोल्दै अध्यक्ष दाहालले माओवादीले विगतमा गल्ती गरेको स्मरण गर्दै अब ०८४ को निर्वाचनमा एक्लै लड्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, हामीले विगतमा गल्ती गरेकै हो, अब त्यो गर्दैनौ? चितवनमा भएको एक कार्यक्रममा विप्लव जीले पनि भन्नुभएको छ, माओवादी एक हुन्छ र ०८४मा हामी ०६४ फर्काउछौं, त्यसका कारण माओवादी एकता पनि हुन्छ र हामी चुनाब पनि लड्ने हो ।

अध्यक्ष दाहालले आफूले रवि लामिछानेलाई बचाउनका लागि खबरदारीसभाको आयोजना नगरेको जानकारी गराउँदै आफूले नै संसदीय छानविन समिति बनाएर सहकारी ठगीमा मुछिएकाहरुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेको भन्दै रविलाई बचाउन नलाग्ने दावी गर्नुभयो । यद्यपि उहाँले राजनीतिक प्रतिशोधमा कसैलाई दोषी देखिए पनि कारबाही नगर्ने र दोषी नभएकालाई पनि दोषी बनाउन काम गरे त्यो स्वीकार नहुने चेतावनी भने दिनुभयो ।
पूर्व प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस र एमालेले गरेको भ्रष्टार, बेथिति र संविधानको रक्षाका लागि आफूहरुले खबरदारीसभा गरेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले माओवादीले नै मुलुकमा लोकतन्त्र, समाजवादी र संविधानसभाको लागि संघर्ष गरेको भन्दै माओवादीलाई संविधान विरोध बनाउने खोजेको भन्दै त्यसको प्रतिवाद समेत गर्नुभयो ।
उहाँले आफ्नो नेतृत्वमा सूचारु भएका उद्योगहरु सरकारले बेच्ने तयारी गरिरहेको भन्दै त्यस्तो भए माओवादीले स्वीकार नगर्ने चेतावनी पनि दिनुभयो । उहाँले सँगै मर्ने र सँगै स्वर्ग वा नर्क जाने भनेर आफूसँग भनेर कांग्रेससँग सहकार्य गर्न पुगेकोमा प्रधानमन्त्री ओलीप्रति कडा टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, केपी जिले कांग्रेससँग मिल्न सकिदैन, उसबाट मैले धेरै दुःख पाएको छ, कांग्रेसँग मिल्दैनौं, तपाई हामी मिल्ने हो, स्वर्ग र नर्क जहाँ भएपनि सँगै जाने हो भनेर जानु भएको तर फर्केर आउनु भएन, उहाँ भन्दा बेइमानी को हुन्छ ?

प्रधानमन्त्री दाहालले वर्तमान सरकार विचौलियाले चलाएको भन्दै विगतमा आफ्नो सरकारले सुरु गरेको भ्रष्चार सम्बन्धी फाइलहरु भुटानी शरणार्थी काण्ड लगायतका काण्डहरुको जवाफ दिनु पर्दैन भनेर पनि प्रश्न गर्नुभयो । उहाँले कांग्रेस एमालेलाई देशमा सुशासन र भ्रष्टचार अन्त्य गर्नका लागि होइन र आफूहरु भ्रष्टाचारमा पर्ने डरले मिलेको पनि दावी गर्नुभयो । अध्यक्ष दाहालले नेपाली जनतामा माओवादी पार्टी नभए देश सहि रुपमा अघि बढ्न नसक्ने भन्ने परेको भन्दै अब जनताको विश्वासमा लिएर काम गर्ने प्रतिवद्धता पपनि व्यक्त गर्नुभयो ।
उहाँले कांग्रेसको वैशाखी टेकेर दुई तिहाईको रवाफ नदेखाउनु चेतावनी दिँदै आफ्नो पार्टीको दुई तिहाई टिकाउन नसक्नेले कांग्रेसको वैशाखी टेकेर दुई तिहाईको धाक लगाउन नसुहाउने सुझाव दिनुभयो । दाहालले भाटभटेनीका मालिकसँग आफूलाई जोडेर आएका समाचारहरुका बारेमा पनि बोल्दै भन्नुभयो, भाटभटेनी मेरो भनेर धेरै पटक भनियो, मैले जति भन्दा पनि सुनिएन, तर अहिले बल्ल थाहा भयो, त्यो त एमालेका केपी जी को पो रहेछ ।
अध्यक्ष प्रचण्डले यो खबरदारीसभा देशभरि गर्ने भन्दै त्यसबाट सरकार सच्चिएन भने विशेष अधिवशन माग गरेर संसदबाट नै सरकारकार विरुद्ध जाने चेतावनी दिनुभयो । उहाँले त्यसबाट पनि सरकार नसच्चिए सडकबाट नै सरकारलाई मिल्काउने चेतावनी पनि दिनुभएको । कार्यक्रममा ओवादीका नोतहरु नाराणकाजी श्रेष्ठसहितका नेताहरुले सम्बोधन गरेका थिए । यसअघि माओवादीले सुन्धाबाट बिरोध र्यालीको आयोजना पनि गरेको थियो ।