
काठमाडौँ — लगातार घटेको शेयर बजार आज भने बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । तीन कारोबार दिनपछि आज १.०४ प्रतिशतले बढेको हो । कुल २१३ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घट्यो ।
दुई कम्पनीको मूल्य स्थिर रह्यो । आज ५८ हजार ५५२ पटकको सेयर किनबेचबाट ५ अर्ब ३४ करोढ ४८ लाख रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भए । अज सबै उपसमूहहरु बढे । सबैभन्दा बढी जिवन बिमा २३६।६५, फाइनान्स ११६।६८ र उत्पादन तथा प्रशोधन ९२ं९९ अंकले बढेको छ ।