
काठमाण्डौ – सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । तीन वर्षको कार्यकाल रहने गरी प्यूठानका रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो ।
सदस्यसचिवसहित आयोग नौ सदस्यीय हुनेछ । भूमि समस्या समाधान आयोगका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक र अन्य सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी सदस्य छन् । देशभरका भूमिहिनहरुको समस्या समाधान गर्ने भन्दै पटक पटक आयोग बनेपछि सरकारपिच्छे फेरिएका कारण आयोगले खासै काम गर्न सकेको छैन ।