Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सरकारले सय दिनमा राम्रो काम गरेको छ : सभापति देउवा

नुवाकोट पुकार १७ कार्तिक २०८१, शनिबार १६:३९

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउनुभएको छ ।

आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । सरकारको सय दिन बल्ल पुगेको बताउनुहुँदै देउवाले यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यालोचना सबै हुन्छ भन्नुभयो ।

अहिले देशमा संयुक्त सरकार छ भन्दै उहाँले हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको सभापति देउवाको दाबी थियो । सभापति देउवाले भन्नुभयो,‘मलाई विश्वास छ प्रधानमन्त्री ओलीले अझै यस्तै राम्रो काम गर्नुहुने छ । ’ प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो भन्नुहुँदै सभापति देउवाले त्यसलाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने बताउनुभयो ।

आएका आलोचनाहरू सम्बन्धमा पनि तथ्यपरक भएर सरकारले ध्यान दिने र आफूले पनि प्रधानमन्त्री ओलीलाई प्रोत्साहन गर्ने बताउनुभयो । आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने उहाँको भनाई थियो । सभापति देउवाले हाम्रो देश ठूला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले शक्ति सन्तुलन लगायत सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताउनुभयो ।

उहाँले देशभरका पार्टीहरू संयुक्त सरकार बनेयता खुसी र रहेको र यो सरकारलाई पुरा समयसम्म सफल पार्न आएका समस्यालाई समाधान गर्न लाग्ने बताउनुभयो । सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउनुहुँदै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काँग्रेसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी,पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँ ,जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापा,जिल्ला नेता रवीन्द्र प्रधान र यादव अधिकारीले काँग्रेसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्न सक्नुपर्नेमा जोड दिनुभयो ।अनलाइन रेडियो नेपालबाट

Continue Reading

Previous: आज कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई पूजा
Next: आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार