
काठमाडौं । डाइभर्सिटी भिसा (डिभी) २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरिएको छ। यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२ सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
दूतावासले असोज १६ गते बुधबार राति ९.४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। धेरै नेपालीहरु डिभीमार्फत अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आइरहेका छन् । यस वर्ष राजधानी लगायतका शहरहरुमा डिभी भर्नेहरुको भिड लागेको लेखिन्छ ।