Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सुन र नगदका लागि आमाको हत्यासुन र नगदका लागि आमाको हत्या

नुवाकोट पुकार २० कार्तिक २०८१, मंगलवार १५:४९

oplus_2

बनेपा, कात्तिक २० गते। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले फुर्साङले कात्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको बताउनुभयो। उहाँले घटनाको अनुसन्धानको क्रममा फुर्साङले आमाले लगाएको सुन र पैसा लिनका लागि लोहाेरो, झ्याल र ढोकाको आग्लोले हानेर हत्या गरेको खुल्न आएको बताउनुभयो।

आमाको हत्या गरेर फरार रहेका फुर्साङलाई कात्तिक १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।‘आफूसँग भएको चौध सय रुपियाँबाट काठमाडौँको कोठाको भाडा तिर्न नपुग्ने र आफूलाई चाहिने खर्च नटर्ने भएपछि  खाना खाएर सुतेकी आमालाई लोहाेरोले दुई पटक त्यसपछि झ्यालको आग्लोले हानेको र झ्यालको आग्लो भाँचिएपछि ढोकाको आग्लोले हानेर हत्या गरेको पाइएको छ’, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो।

उहाँले आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको बताउनुभयो।

प्रहरी उपरीक्षक खड्काले घटनाको अनुसन्धान गर्ने क्रममा फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ फेला पारेको बताउनुभयो। गोरखापत्र अनलाइन

Continue Reading

Previous: अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचन ः शक्तिशाली लोकतन्त्रको सुन्दर अभ्यास
Next: रास्वपा सभापति लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति प्रदान

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार