
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ ।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएलगत्तै सामाजिक सन्जाल एक्समार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनभएको हो ।
राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ुअमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु,ु उहाँले एक्समा लेख्नुभएको छ ।