Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

डोनाल्ड ट्रम्पले निर्वाचन जितेसँगै सुनको मुल्यमा गिरावट,एकै दिन तोलामा चार हजार घट्यो

नुवाकोट पुकार २२ कार्तिक २०८१, बिहीबार १३:५०

काठमाडौँ — नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । अमेरिकी राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएसँगै सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा पुगेको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो भएका कारण सुनको मूल्य घटेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५।१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा पनि एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार भने सुनको भाउ १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो ।

नेपाली बजारमा सुनको भाउ कात्तिक १५ गते अहिलेसम्म महँगो १ लाख ७१ हजार रुपैयाँ थियो । त्यस्तै बिहीबार बुधबारको तुलनामा प्रतितोला ५५ रुपैयाँले घटेर चाँदीको भाउ १ हजार ९ सय ६० पुगेको छ ।ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् ।

अब उनी फेरि राष्ट्रपति भएपछि घोषणापत्रमा उल्लेख गरेअनुसार डलरलाई रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने अनुमानका आधारमा लगानीकर्ताको डलरप्रति आकर्षित बढेको जानकारहरू बताउँछन् । डलरको भाउ बढेसँगै बजारमा सुनको माग घट्दै जाने भएकाले पनि मूल्यमा गिरावट आउने गर्छ ।

Continue Reading

Previous: नेपाली कांग्रेस र एमाले कार्यदलको नेतृत्व उपसभापति खड्काले गर्ने
Next: राष्ट्रपति निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार