
विदुर। विदुर नगरपालिका–५ स्थित पिपलटारमा रहेको पिपलटार फुटबल क्लबको आयोजनामा अन्तर बिद्यालय “पिपलटार कप” फुटसल प्रतियोगिता आयोजना गरिएको छ । भदौ १० र ११ गते सञ्चालन भएको प्रतियोगितामा बिभिन्न विद्यालयका २० समुहले सहभागिता जनाएका थिए । उक्त समूह मध्ये छात्रतर्फ १४ समुह र छात्रातर्फ ६ समुहले सहभागिता जनाएको आयोजक पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धब पनेरुले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधी चन्द्रज्योति माध्यमिक विद्यालय र च्वाडी पब्लिक माध्यमिक विद्यालयले हात पारेको छ । शनिबार भएको छात्रातर्फ फाइलनमा चन्द्रज्योतिले अर्किड एकेडमीलाई १–० गोलअन्तर र छात्रतर्फ अर्किड एकेडेमीलाई १–२ गोल अन्तरले हराउँदै च्वाडीले उपाधि हात पारेको हो । छात्रातर्फको खेलमा चन्द्रज्योति माविकी मनिषा तामाङको एक गोलनै निर्णायक गोल बन्यो ।
छात्रतर्फ च्वाडी माविका संजिव तामाङले दुई गोल गरे भने अर्किडका संजोक कोइरालाले एक गोल गरे । विजेता र उपविजेतालाई नेकपा एकीकृत समाजवादीका पोलिब्युरो सदस्य एवम् पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले संयुक्तरुपमा नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे ।छात्र र छात्रातर्फ विजेताले क्रमशः नगद सात हजार र पाँच हजार प्राप्त गरे भने उपविजेताले तीनहजार र दुईहजार प्राप्त गरे ।
से
मिफाइनलमामा छात्रतर्फ अर्किडले चन्द्रज्योतिलाई ३–० र च्वाडीले संस्कृत माविलाई १–० गोलअन्तरले हराउदै फाइनल पुगेको थियो । प्रतियोगितामा चन्द्रज्योतिका मनिषा तामाङ (छात्रा) र च्वाडीका संजिव तामाङ (छात्र) उत्कृष्ट खेलाडी घोषित भए । शुक्रबार र शनिबार दुई दिन भएको प्रतियोगितामा जिल्लाका निजि तथा सामुदायिक २० विद्यालयका १४ छात्र र ६ छात्रा समुहले सहभागिता जनाएका थिए
यसअघि प्रतियोगिाको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री अर्जुननरसिंह केसीले खेलले मानिसको जीवनलाई नै स्वस्थ बनाउन सिकाउने हुनाले यसको अति नै महत्व रहेको बताउनुभयो । उहाले खेलले मानिको जीवनका लागि अनुशासन र मर्यादामा रहन सिकाउने भएकाले पनि यसको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाले खेलकुदप्रति युवाहरुको आकर्षण बढि रहेको भन्दै यसलाई राज्यले समेटन सक्नुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले खेलको विकासका लागि नगरपालिकाले आफ्नो तर्फबाट सकदो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
फुडसल सञ्चालक उदव पनेरुको सभापतित्वमा भएको कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल लगायतका वक्ताहरुले खेलकुदको महत्वका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल,लगायतले खेलक्षेत्र र खेलाडीको विकासको लागी हरेक स्थानिय तहले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको थियो ।