Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कोल्पुटार–झ्याङ्ली सडक कालोपत्रे सुरु

नुवाकोट पुकार २८ कार्तिक २०८१, बुधबार ०८:३७

कोल्पुटार । नुवाकोट जिल्लाको पश्चिमी भेगमा रहेको महत्वपुर्ण सडह आयोजना कोल्पुटार–झ्याङ्ली सडकको दोस्रो चरणको निर्माण प्रक्रिया सुरु भएको छ । बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले हालै एक कार्यक्रमकाबीच सडकको कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्नुभएको छ ।

बेलकोटगढी–५ तीनसल्लेबाट निर्माण सुरु हुन लागेको उक्त सडक शिलान्यास कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल,वडा नं ५का वडा अध्यक्ष मदन भुजेल, वडा नं ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामा(जनम)सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सडक निर्माण कार्यको शुभारम्भ गर्दै मेयर गुरुङले लामो समयदेखि कच्ची रुपमा रहेको उक्त सडक छिट्टै कालोपत्रे हुने र सडक निर्माण भई मोटरयात्रा गर्ने गाउँवासीको चाहनाले अब छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

मेयर गुरुङले आफ्नै पहलमा उक्त सडकको निर्माण सुरु भएको उल्लेख गर्दै गाउँवासीको विकास र उत्थानमा बेलकोटगढी नपा सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपमेयर दाहालले सडक निर्माणका लागि स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारको समेत सहयोग प्राप्त भएकाले यसलाई सहि समयमा गुणस्तरीय रुपमा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उपमेयर दाहालले सडक निर्माणमा नगरपालिकाले कुनै प्रकारको सम्झौता नगर्ने भन्दै ठेक्का सम्झौता अनुसार काम गर्न ठेकेदार कम्पनीलाई सुझाव दिनुभयो । उहाँले कांग्रेसले उक्त सडक निर्माणका लागि बारम्बार पहल गर्दै आएको स्मरण गराउँदै बागमती प्रदेश सरकारकोतर्फबाट बजेट प्राप्त भएको भन्दै तत्कालिन मुख्यमन्त्री शालिकराम जम्कटेल तथा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई धन्यवाद समेत दिनुभयो ।

बागमती प्रदेश सरकारको कुल ३८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको सो कोल्पुटार–दुइपीपल–देउराली–दियाले–झ्याङ्ली सडकको बहुवर्षीय योजना अन्तर्गत निर्माण सुरु भएको हो। कुल ३४ किलोमिटर लम्बाइको सडक आसफाल कालोपत्रे, कलभर्ट र नालीसहित निर्माण गर्ने योजना छ । सात मिटर चौडाइ रहने सो सडक विभिन्न चरणमा गरेर आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने तयारी अनुसार निर्माण कार्य सुरु भएको हो ।

यसअघि संघीय सरकाबाट प्राप्त अनुदान रकममा कोल्पुटारबाट १७ सय मिटर सडक गतवर्ष नै कालोपत्रे गरिसकिएको छ । सडक निर्माण शुभारम्भ कार्यक्रममा बेलकोटगढी–५ का वडाध्यक्ष मदन भुजेल,४ का वडा अध्यक्ष चन्द्रवहादुर तामाङलगायत सरोकारवालाले यस कोल्पुटार–दुइपीपल–देउराली–दियाले–झ्याङ्ली सडक त्रिदेशीय मार्ग वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको बीचमा रहेको कोल्पुटारमा जोडिने भएका कारण झनै महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । सो सडक निर्माण सम्पन्न भएसँगै कुमरीको झ्याङ्ली हुँदै काठमाडौं जान पनिसहज हुनेछ ।

नुवाकोट जिल्लाको महत्वपूर्ण सडक आयोजना मध्येको यो एक आयोजना हो । उक्त सडक २०५५ सालमा दुईपिपल गाउँविकास समितिका अध्यक्ष यन्द्रबहादुर लामाको नेतृत्वमा सुरु भएकोे थियो । क्षेत्र नं २ का झण्डै ३० प्रतिशत जनसंख्याले यो सडक उपभोग गर्ने भएकाले पनि यसको महत्व धेरै रहेको छ । यसले गाउँको विकासमा महत्वपुर्ण योगदान पुग्ने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

Continue Reading

Previous: राजनीतिक नेतृत्वमा मानव तस्करी कहिलेसम्म ? शुकदेव दाहाल
Next: सञ्चार माध्यममका फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा , मर्यादित नबने कारबाही गरिने

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार