
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागको सदस्य मनोनित गर्नुभएको छ ।
पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनु विभागमा १० जना सदस्यहरुलाई मनोनित गर्नुभएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाउनु भएको छ ।
सभापति देउवाले रामकृष्ण लकान्द्री, तेह्रथुम,दीपक सोनी, दैलेख, कलावती पासवान, बारा,विपेन्द्र रामुदामु, चितवन,कुमार टेलर, डोटीलाई मनोनित गर्नुभएको छ । यस्तै शान्ता सुनार, धादिङ,प्रकाश घतानी, काठमाडौं,सुनिल बुढाथोकी, पाल्पा कुमारी सार्की कैलाली, केदार गान्धार गोरखालाई मनोनित गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।