Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति एमालेको आपत्ति

नुवाकोट पुकार २ मंसिर २०८१, आईतवार १०:३१

काठमाडौँ, मङ्सिर २ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लगाएको लाञ्छनाप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ । 

नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति प्रकाशित गरी माओवादी अध्यक्ष दाहालले १४ नोभेम्बरमा द हिन्दुसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरे भनी गरेको टिप्पणीको भर्त्सना गर्नुभएको हो । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेर’ चीन भ्रमणको निर्णयलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य हो’, विज्ञप्तिमा लेखिएको छ । यस्तो कार्य कूटनीतिक प्रोटोकलको सरासर उल्लङ्घन भएको एमालेले जनाएको छ । उहाँको अभिव्यक्तिले नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना भएको एमालेको ठहर छ । ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन, प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ को जुवा होइन’, विज्ञप्तिमा लेखिएको छ । 

प्रचण्डको भनाइले नेपालले आफ्ना दुई मित्र छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर छ । एमाले भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको स्पष्ट पारेको छ । यस्ता विचारहीन टिप्पणीले दुई छिमेकी राष्ट्रहरूसँग नेपालको बलियो र समान साझेदारीलाई जोखिममा पार्ने खतरा रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय बहसमा रचनात्मक रूपमा संलग्न हुनुको सट्टा प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने आधारहीन आरोप लगाएको एमालेले जनाएको छ । ‘उहाँको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ’, विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व र राजनीति प्रदर्शन गरेको एमालेको दाबी छ । ‘उहाँको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिको दृष्टिकोणले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढवा दिन्छ’, विज्ञप्तिमा लेखिएको छ । 

परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको एमालेले स्पष्ट पारेको छ । यसले बुद्धि, सावधानी र जिम्मेवारीको माग गर्ने बताउँदै एमालेले प्रचण्डको भनाइ निराधार मात्रै नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक रहेको जनाएको छ । नेपालको परराष्ट्र नीति मौलिक रूपमा असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तमा आधारित रहेको एमालेले स्पष्ट पारेको छ । 

नेकपा एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

Continue Reading

Previous: स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारी दर्ता
Next: उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार