Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

नुवाकोट पुकार २ मंसिर २०८१, आईतवार १५:१०

बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा सक्रिय लायन लिडरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले लायन्स क्लबले गरेको सेवाका बारेमा जति प्रशसा गरे पनि नपुग्ने बताए । उनले लायन्स क्लबले गर्ने सामाजिक कार्यहरुमा उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताए ।


डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामा उत्कृष्ट हुन सफल लायन लिडरहरुलाई पिन, मेडल तथा सर्टिफिकेट प्रदान गरी सम्मान गरिन् । यसबाहेक कार्यक्रम सफल बनाउन सहयोग गर्ने अन्य लायन लिडरहरुलाई पनि डिष्ट्रिक्ट गभर्नर थापाले सम्मान गरिन् ।
धौलागिरी एरियाका सबै क्लबहरुको संयुक्त आयोजनामा भएको दोस्रो क्याबिनेट बैठक कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट हंगर कोअर्डिनेटर लायन योगेन्द्र प्रधान, फस्ट पर्सन तथा मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सन चियरपर्सन लायन ध्रुब बहादुर थापा, आईपिडीजी लायन हरिप्रसाद मरहट्टा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली लगायतका लायन्स लिडरहरुले उपस्थित सबै लायन लिडरहरुलाई शुभकामना दिँदै सेवाका गतिविधि बढाउन आग्रह गरे । कार्यक्रममा बाल प्रतिभा, सामाजिक अभियन्ता प्रिन्सा रेग्मीले बालबालिका र अभिभावक बीचको सम्बन्धका बारेमा आफ्नो मन्तव्य दिएकी थिइन् ।
क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले डिष्ट्रिक्टबाट भएका विभिन्न कार्यक्रमहरुको बारेमा संक्षित जानकारी गराए । त्यस्तै क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
सिल्भर प्यालेस पार्टी भेन्यूमा भएको कार्यक्रममा बागमती, गोर्खा, गण्डकी तथा धौलागिरी क्षेत्रका विभिन्न पदमा रहेका क्याबिनेट अफिसर्स, क्लब प्रेसिडेन्ट लगायत करिब ७७० जनाको उपस्थिती रहेको डिष्ट्रिक्टका पिआरओ चिफ लायन रामराजा थापाले जानकारी दिए ।

Continue Reading

Previous: उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन
Next: ककनी २ मा कांग्रेसबाट सुर्य तामाड.द्वारा मनोनयन दर्ता

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार