
नेपालको प्रजातान्त्रिक इतिहासका दोस्रो सभामुख दमनाथ ढुंगानाले आइतबार यो संसार छाड्नु भएको छ । संसदीय व्यवस्थाका ज्ञाताका रुपमा परिचित हुनु भएका ढुंगानालाई नेपाल सरकारले राष्ट्यि सम्मानकासाथ सोमबार अन्त्येष्टि गरेको छ ।
आफना स्पष्ट विचार र अडानकासाथ राजनीतिक अभ्यामा उत्रनु भएका ढुंगानाका यिनै विशेषताका कारण मुलुक उहाँ उहाँको निधनमा शोकमा रहेको छ । उहाँको विचार र आर्दप्रति नेपाली नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्तीहरु स्वर्गीय वीपी कोइरालादेखि गणेशमानसिंह ,कृष्णप्रसाद भट्राई सम्मका नेतहरुकाप्रभाविकत भएको कुरा हामी इतिहासमा पढ्न सक्छौं । त्यहिमात्र होइन हालका राजनीतिक व्यक्तित्वहरु प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभपाति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु डा. बाबुारम भट्राई, माधव कुमार नेपाल, झनाथ खनालहरुले पनि उहाँको योगदान र संसदीय अनुभवप्रति प्रभावित हुनुहुन्छ ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनु भएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका गरेको कुरा इतिहासमा अझै ताजै रहेका छन् । मुलुकमा २०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ढुंगाना २०४७ सालमा संविधान निर्माणमा लागि गठित आयोगको सदस्य बनेर नेपालको उत्कृष्ट संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
संविधान निर्माणसँगै भएको पहिलो आम निर्वाचनमा २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । सभामुखमा रहेका बेला उहाँले निर्वाह गर्नुभएको भूमिका अत्यन्त शानदार थियो । संसदीय अभ्यासमा सभामुख भएर भूमिका निर्वाह गर्नु नौलो थियो तर उहाँले सबै राजनीतिक दल र नेताहरुलाई साथमा लिएर आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्नुभयो । उहाँको त्यो भूमिका आजका दिनमा पनि उतिकै सम्झन लायक रहेका छन् ।
तत्कालिन अवस्थामा कांग्रेसका नेताहरु कृष्णप्रसाद भट्राई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, एमालेका मनमोहन अधिकारी , मदन भण्डारी जस्ता नेताहरुको साथ र सामिप्यताकासाथ आफ्नो भूमिका निर्वाह गर्नुभएका ढुंगानाका विचार र कार्यशैली आगामी दिनमा पनि मार्गनिर्देश बन्नेछ ।
मुलुको व्यवस्था केरि फेरिएको छ । ढुांगानको कार्यकाल संसदीय व्यवस्थामा सिमति थियो । अहिलेहामी लोकतान्त्रिक गणतन्त्रको उपभोग गरिरहेका छौं । तीन तहको सरकारमार्फत जनताले आफ्ना अधिकारहरुको उपयोग गरिरहेका छन् । जनता सार्वभौम छन् । तर पनि जनताले आशातित सफलता प्राप्त गर्न नसकेका कारण संघीयताप्रतिको जनविश्वास खस्कदो अवस्थामा पुगेको छ । विश्वको नै उत्कृष्ट व्यवस्थाका करुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्को संर्वद्धन र संरक्षण गर्नु राजनीतिक दल र नागरिककको दायित्व हो । तर दल र तिनका नेताहरुको कमजोरीले गर्दा संघीय संविधानलाई पूर्णतादिन सकिएको छैन ।
माओवादी जनयुद्धको मुद्दाहरुमा अझै चलखेल भैरहेका छन् । देशमा भ्रष्टाचार बढेको छ । संविधान कार्यान्वयनमा धेरै कमजोरीहरु देखिएका छन् । यो विषम अवस्थाकाबीच पनि त्यसलाई गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो ।
उहाँले हामीले जति दिनुभयो अब त्यो भन्दा बढी हामीले पाउने छैनौं । अत उहाँले देखाउनु भएको बाटो र उहाँले प्रदान गर्नुभएको अनुभवका आधारमा संविधान संशोधन गर्दै सबैले स्वीकार गर्न सक्ने र देशलाई ध्यानमा रोखर अघि बढाउन सक्नुपर्दछ । यस्ता विद्धान व्यक्तिहरु जन्मन फेरि धेरै समय कुर्नुपर्दछ । अत उहाँको यो आर्दश राजनीतिक र अनुभवलाई संगालेर नै संसदीय व्यवस्थालाई सफल बनाउन सकिन्छ । तबमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । स्वर्गीय ढुांगानाप्रति हार्दिक श्रद्धाञ्जली ।